You are viewing the translated version of मेलमिलापकर्ता तोक्ने.
Rule 33
मेलमिलापकर्ता तोक्ने
: (१) अदालतले मेलमिलापको लागि दुवै पक्षले छनौट गरेको मेलमिलापकर्तालाई तोक्नेछ। तर पक्षहरुबीच सहमति हुन नसकेमा र पक्षहरुले अदालतबाट नै मेलमिलापकर्ता तोकी पाउन अनुरोध गरेमा अदालतबाटै मेलमिलापकर्ता तोक्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ता- तोक्ने कार्य मेलमिलाप सम्बन्धी प्रचलित कानून, तथा यस नियमावलीको अधीनमा रही रजिष्ट्रारले गर्नेछ।
(३) मुद्दाका पक्षले मेलमिलापकर्ताको सूचीमा नाम समावेश नभएका व्यक्ति वा संस्थालाई मेलमिलापकर्ताको रुपमा तोक्न अनुरोध गरेमा त्यस्तो.व्यक्ति वा संस्थाको नाम मेलमिलापकर्ताको सूचीमा समावेश गर्ने प्रक्रिया पूरा गरेपछि मात्र मेलमिलापकर्ताको रुपमा तोक्न सकिनेछ।